लक्ष्मी आचार्यले ल्याइन ‘फुङ्गालेर माइती देश’ बोलको तीज गीत (भिडियो)

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १७ : ०६
लक्ष्मी आचार्यले ल्याइन ‘फुङ्गालेर माइती देश’ बोलको तीज गीत (भिडियो)

काठमाडौं । प्रत्येक बर्ष फरक–फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । 

लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका विषय गीतमा समेटेकी छन् । बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीतमाथि आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।

करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउँको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ । 
 

 

प्रतिक्रिया दिनुहोस