महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच छुट सम्बन्धी सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १६ : ४६
महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग छुट सम्बन्धी सम्झौता गरेको छ । आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग मंगलबार एक सम्झौता गरिएको बैंकले जनाएको छ । 
सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गर्नुभएको छ । 
उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट पाउनु पाउने बैंकले जानकारी दिएको छ । यसका साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५ प्रतिशतसम्मको छुट पाउनु सक्नेछन् । 
देशका ९६ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस