बैंक अफ काठमाडौंको अगुवाईमा नेपालकै सबभन्दा ठूला वैकल्पिक उर्जा आयोजनाको वित्तियकरण सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १६ : २८
बैंक अफ काठमाडौंको अगुवाईमा नेपालकै सबभन्दा ठूला वैकल्पिक उर्जा आयोजनाको वित्तियकरण सम्झौता

काठमाडौं । बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाईमा सिटीजन बैंक इन्टरनेशनल लिमिटेड तथा नेपाल बंगलादेश बैंक लिमिटेडसँग सह वित्तियकरण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइन मार्पmत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ र यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहीत हुनेछ ।
स.न. २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाईड्रो कम्पनीको सम्झौताअनुसार नेपालकै पहिलो निजि छेत्रको लगानीमा संखुवासभाको पिलुवा खोलामा ३ मेघावाटको हाईड्रोपावरको निर्माण गरिएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस