यसकारण झर्छ कपाल ?

मंगलबार, २४ असार २०७६, १४ : २३
यसकारण झर्छ कपाल ?

काठमाडौं । हिजोआज कपाल झर्ने समस्याले धेरै मानिस तनावमा पर्ने गरेका छन् । विशेषगरी पुरुष कपाल झर्ने समस्याबाट हैरान भएको पाइन्छ । धेरैको गुनासो हुन्छ, मेरो उमेर नै पुगेकै छैन कपाल झरेर केही बाँकी छैन । आखिर किन झर्छ पुरुषको कपाल ? यसका केही वैज्ञानिक यस्ता छन् ।

धूमपान

धूमपानका क्रममा निलिने निकोटिनको कारण पुरुषको रक्तनलीहरू खुम्चिन थाल्छ । रक्तनलीहरू खुम्चन थालेपछि शरीरमा अक्सिजनको मात्रासमेत घट्छ । जसका कारण कपाल झर्छ ।

औषधिको असर

क्यान्सर, मुटु, उच्च रक्तचाप, डिप्रेसन, मधुमेहलगायत रोग निको वा नियन्त्रण गर्न अनेकौं औषधि खाने चलन छ । मानव शरीरको बनावटअनुसार औषधिको असर पनि फरकफरक तरिकाले देखिन्छ । औषधिको एउटा मुख्य असर कपाल झर्न पनि सक्छ ।

मद्यपान

मद्यपान धेरै गर्ने पुरुषको शरीरमा टक्सिन बढ्दा आइरन, जिंक पानीको मात्रामा कमी आउन थाल्छ । जसका कारण पनि कपाल झर्ने समस्या सुरु हुन्छ । जुन धेरैले थाहा नै पाउँदैनन् ।

तनावयुक्त जीवन

तनावले अन्य धेरै समस्या निम्ताइरहेका बेला कपाल झर्ने समस्या पनि निम्त्याउन थालेको छ । एक अध्ययनअनुसार तनाव बढ्दा शरीरको हर्मोनमा असन्तुलन पैदा भई कपालसमेत झर्न थाल्छ ।

रसायनयुक्त पदार्थको प्रयोग

बजारमा पाइने अधिकांश रसायनयुक्त कस्मेटिक सामानहरू पाइन थालेको छ । रसायनयुक्त विभिन्न किसिमका हेयर जेल, कलर्स, सेम्फू, कन्डिसनरजस्ता पदार्थको प्रयोग गर्दा कपाल झर्छ ।

हर्मोन समस्या

पुरुषहरूको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको ब्यालेन्स बिग्रिँदा यस्तो समस्या हुन्छ ।

वंशाणुगत कारण

कपाल झर्नु पुरुषको वंशाणुगत कारण पनि हो । विशेषगरी कपाल झर्छ भने त्यो वंशाणुगत कारण पनि हुन सक्छ ।

अस्वस्थ खानपान

व्यस्त जीवनशैलीको बहानामा हिजोआज अस्वस्थ खानपानमा बढी ध्यान जाने गरेको छ । त्यसमा पनि पुरुष धेरै छन् । छिटो कपाल झर्नुको कारण अस्वस्थकर खानपान पनि हो । आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियमजस्ता पौष्टिक तत्त्वको कमीले पनि कपाल झर्छ ।

संक्रमण

टाउकोको छालामा कुनै कारणले संक्रमण भयो भने कपाल झर्ने गर्दछ जुन पुरुषमा धेरै हुन सक्छ ।

चाया पर्नु

विभिन्न कारणले चाया पर्ने समस्या पुरुषमा पनि व्याप्त छ । लगातार चाया पर्ने तर समाधानको उपाय खोजिएन भने कपाल झार्न सक्छ । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस