कांग्रेसमा झनै चर्कियो देउवा–पौडेल विवाद

महाधिवेशनको एजेण्डामा छलफल गर्ने/नगर्नेमा संस्थापन र इतर समुहका बीचमा चर्काे रस्साकस्सी

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, ०७ : ५२
कांग्रेसमा झनै चर्कियो देउवा–पौडेल विवाद

काठमाडौं । प्रतिपक्षी कांग्रेसमा संस्थापन र सस्थापन इतर नेताहरुका बीचको विवाद झनै चर्किएको छ । पार्टीको १४ औं महाधिवेशनका विषयमा यी दुई पक्षबीच विवाद चर्किएको हो । 

विद्यानतः नियमित पार्टीको महाधिवेशन भएको खण्डमा आगामी फागुनमा कांग्रेसको १४ औं महाधिवेशन हुुनुपर्ने थियो । तर, जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनलाई पार्टी बैठकको एजेण्डा बनाउने÷नबनाउने विषयमा विवाद देखिएपछि केन्द्रीय समिति बैठक नै प्रभावित बनेको थियो ।

सभापति देउवा पक्ष तत्काल महाधिवेशन गर्ने पक्षमा छैन । उसले विधानले दिएको सुविधा अनुसार एक वर्ष अहिलेकै कार्यसमितिको म्याद थप गरेर जाने योजनामा रहेपछि उनी इतर पक्षले असन्तुष्टि जनाएका छन् ।

सस्थापन पक्षले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामा छलफल नै गर्न नचाहेपछि हिजो बोलाईएको केन्द्रीय समिति बैठक ५ घण्टा ढिलो जम्माजम्मी आधाघण्टा मात्रै बसेर स्थगित भएको छ ।

अब अर्काे बैठक २७ असारमा बस्ने गरी काग्रेसले बैठक स्थगित गरेको छ । देउवा ढेड वर्ष आफनो नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने पक्षमा छन् । आइतबारको वैठकमा महाधिवेशनको विषय बैठकको एजेण्डा बन्ने÷नबन्नेमा दुई पक्षबीच घम्साघम्सी नै परेको थियो । पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशनको विषयलाई पनि छलफलमा लगेर मिति सार्वजनिक गरेर जानुपर्ने गरी एजेण्डा बनाउन दबाब बढाएपछि बैठक ५ घण्टा त्यत्तिकै अल्झिएको थियो ।

अन्ततः महाधिवेशनको एजेण्डा छलफलमा राख्न देउवापक्ष तयार भएपछि बैठक साझ ७ बजे शुरु भएको थियो । काग्रेस बैठकमा पार्टी नियमावलीको मस्यौदा सहित १२ ओटा एजेण्डा संस्थापन पक्षले तयार पारेको थियो । त्यसमा महाधिवेशनको एजेण्डा नभएपछि पौडेल र सिटौला पक्षले एजेण्डा बनाउन दबाब बढाएका थिए ।
 
पार्टी नियमावली बनाउन काग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले तयार पारेको नियमावली मस्यौदा आइतबारको बैठकमा प्रस्तुत भएको छ । केन्द्रीय सदस्यहरुलाई बाढिएको उक्त मस्यौदा अध्ययन पछि अब चार दिनपछि मात्र बैठक पून बस्ने गरी स्थगित भएको छ ।

महाधिवेशनको एजेण्डामा पौडेल पक्ष टसमस नभएपछि एजेण्डा बनाइएपनि अब त्यसको पक्ष÷विपक्षमा कस्ता रणनीति बनाउने भन्नेमा यो ४ दिनमा दुबै पक्षले गुटगत छलफल तिव्र बनाउने संकेत देखिएको छ ।

यसले काग्रेसमा धुव्रिकरण झनै बढाउने देखिएको काग्रेसका एक नेताले सफलखबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस