पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कसे लगनगाँठो

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, ०७ : ०८
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कसे लगनगाँठो

काठमाडौं । पूर्व अर्थमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले दोश्रो विवाह गर्ने भएका छन् । आइतबार साँझ उनले दोश्रो विवाहका लागि टिकाटालो गरेका छन् । दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकका लागि रहेका उनले साझ भने राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।

६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन ।

कार्कीको परिवारले आफनो परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका हुन् । गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् । पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले अहिले गर्न लागेको विवाह तेस्रो हो । यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । उनको पहिलेको श्रीमति तर्फका एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस