एनआरएनए क्वीन्सल्याण्डमा उमेश खड्काको नेतृत्व

सदस्यमा आए भरतपुरका आशीष न्यौपाने

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, १६ : २८
एनआरएनए क्वीन्सल्याण्डमा उमेश खड्काको नेतृत्व

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्वीन्सल्याण्ड प्रान्त, अष्ट्रेलियाको भर्खरै सम्पन्न अधिवेशनले उमेश खड्काको संयोजकत्वमा २० सदस्यीय कार्यसमिति चयन गरेको छ । 
कार्यसमितिमा भरतपुर महानगरपालिका वडा नम्बर ७, कृष्णपुरका आशीष न्यौपाने सदस्यमा विजयी भएका छन् । कार्यसमितिको सहसंयोजकमा अमृत खत्री, सचिवमा प्रवीण भण्डारी, सहसचिवमा मन्दीप केसी र कोषाध्यक्षमा शम्भु गैरे विजयी भएका छन् ।
सदस्यतर्फ एनसीसी सदस्यमा राज नगरकोटी, अभिषेक सिंह र सुमन श्रेष्ठ, एससीसी सदस्यमा अविनाश पाण्डे, रिया थापा, गणेश तिवारी, सन्तोषकुमार पौडेल, खगेन्द्र अर्याल, नवराज काफ्ले र गंगा राई निर्वाचित भएका छन् । महिला संयोजकमा सुनिता श्रेष्ठ र सहसंयोजकमा लक्ष्मी तामाङ, युवा मञ्च संयोजकमा अतुल खड्का र सहसंयोजकमा पंकज गौतम चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस