काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति कृष्णभक्त पोखरेलले चितवनको गोन्द्राङमा रहेको ढाटलाई लोथरमा सार्न माग गर्नुभएको छ ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै चितवनबाट निर्वाचित संघीय सांसद पोखरेलले यस्तो माग गर्नुभएको होे ।
चितवनका बासिन्दाले आफ्नै जिल्लामा हिँड्न पनि कर तिर्नु पर्ने अवस्था दुःखद भएकाले उक्त ढाटलाई चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा सार्न उहाँले संसदमा माग गर्नु भएको हो । उहाँले सकेसम्म राजमार्ग क्षेत्रमा सडक दस्तुर नउठाई त्यसको विकल्प खोज्न समेत माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०७६, १४ : ३६
लेखकबाट थप