यी हुन् एन्टिबायोटिक औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

आइतबार, २२ असार २०७६, १२ : १८
यी हुन् एन्टिबायोटिक औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

- डा. प्रशन कंसाकार,गेस्ट्रो सर्जन त्रिवि शिक्षण अस्पताल, काठमाडाैं  । 

- कुनै पनि कीटाणु र ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट बच्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ । जसले ब्याक्टेरिया मार्ने काम गर्छ । एन्टिबायोटिक औषधि सयभन्दा बढी किसिमका हुन्छन् । तर, थौरै मात्र यस्ता औषधि प्रयोग हुन्छन् । रसायनको संरचना रस्तरका आधारमा यस्ता औषधिका सामान्यतया दुईटा नाम हुन्छन् । 
- निमोनिया, घाँटी, पिसाब र पेटमा हुने संक्रमणले हुने विभिन्न समस्याका लागि एन्टिबायोटिक औषधि प्रयोगमा ल्याइन्छन् । 
- संक्रमणको किसिम र अवस्था हेरेर आदि विभिन्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ । बिरामीको जाँच गरेर मात्र दिइने गरिन्छ । एउटै खालको संक्रमणका लागि पनि फरक किसिमको एन्टिबायोटिक औषधि आवश्यक पर्न सक्छ । 

ध्यान दिनुपर्ने कुरा

- एन्टिबायोटिक औषधि धेरै प्रकारका हुने भएकाले सम्बन्धित रोगको परीक्षणििना यिनको उपयोग गर्नुहुँदैन । गरेमा स्वास्थ्यमा अन्य समस्या आउने जटिलता बढेर जान्छ । 
- धेरै प्रयोग गरेमा बिस्तारै औषधिले कामै नगर्ने हुन्छ । तसर्थ, जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नुहुँदैन । 
- सबै एन्टिबायोटिक औषधि सबैका लागि उपयुक्त नहुन सक्छन् । तसर्थ चिकित्सकको सल्लाहविना कुनै पनि औषधि प्रयोग गर्नुहुँदैन । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुन सक्छ । जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्नुहँुदैन । 
- बच्चालाई कुनै पनि एन्टिबायोटिक औषधिले असर गर्छ । तसर्थ, उनीहरूलाई प्रयोग गर्दा ख्याल गर्र्नुपर्छ । 
- औषधि कसरी सेवन गर्ने भन्ने एकदमै महत्वपूर्ण हुन्छ । औषधि किन्दा केसँग खाने भनेर अनिवार्य सोध्नुपर्छ । विनासल्लाह यस्ता औषधि सेवन गरेमा साइडइफेक्ट गर्छ । 
- मिर्गौलाका बिरामीले एन्टिबायोटिक औषधि सेवन गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । चिकित्सकको सल्लाहविना औषधि प्रयोग गर्नुहुँदैन । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस