प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले कसलाई भने छौंडाहरू ?

सामाजिक सन्जालमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको निक्कै आलोचना

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, ०८ : १४
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले कसलाई भने छौंडाहरू ?

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकाबिहानै छौंडाहरू चलमलाउन थालेको टिप्प्णी गरेका छन् । सरकारको एक पछि अर्काे आलोचना वढेसँगै प्रमुख राजनीतिक सल्लाहकारको यस्तो टिप्पणी आएको हो । उनले इंिगत गरेका छौंडाहरूले दुः ख दिन थालेको भन्दै आफै चलमलाएको वा कसैले छोडेको भन्दै प्रश्न गरेका छन् ।

‘भनिन्छ, छौंडाहरू

आफैं चलमलाउँदैनन्

कसैले छोड्छन,

दुःख दिन्छन् !

यी छौंडाहरू

आफैं चलमलाएका हुन् की

कसैले छोडेका ?’ रिमालले आइतबार विहानै समाजिक सन्जलमा लेखेका छन् । सामान्य क्रियामा पनि प्रतिक्रिया जनाउन हत्तारिइहाल्ने रिमालका आफ्नै स्वभाव छन । यही स्वभावका कारण उनी स्वंम पनि वेला वेला आलोचित हुदै आईरहेका थिए । उनलाई छिटो प्रतिक्रिया नदिन उनका शुभचिन्तकहरुले वेला वेला रिमाललाई आग्रह र सुझाव समेत दिदै आएका थिए ।

केही समययता खास प्रतिक्रिया नजनाएका रिमालले आइतबार विहानै भने छौंडाहरू चलमलाएको भन्दै टिप्पणी गरेका हुन् । भारतवाट आयतित तरकारी तथा फलफुलमा भारतीय दवावमा सरकार झुकेको भनी सञ्चारमाध्यमा समाचारहरु आईरहेका वेला उनले यसैप्रति लक्षित गरेर यस्तो टिप्पणी गरेको हुनसक्ने अनुमान लगाईएको छ । सामाजिक सन्जलामा उनले छौंडाहरू चलमलाएको भनेपछि उनलाई जवाफ फर्काउनेहरुको लहर नै चलेको छ ।

एकजना विद्रोही नाममा एकाउन्ट खोलेकाले उनलाई विष्णु रिमाल, राजन भटटराई, गोकुल वास्कोटा, रघुविर महासेठ, मातृका यादवलाई देश असफल वनाउन लैनचौरले छोडेको प्रतिक्रिया दिएका छन् । अर्जुनकुमार शर्माले रिमाललाई लेखेका छन्, गणतन्त्रमा ढुंगे युगको कुरा गर्ने ? बोक्सिको कुरा गर्ने ? छौडाको कुरा गर्ने ? रुढिवादी, संविधान विरोधी !यस्ताको सल्लाहमा चलेको पार्टी, सरकारले पनि काम गर्छ भनेर पत्याउने  म महामुर्ख †

पशुपतिनाथ एकाउन्ट भएकाले लेखेका छन्, धिक्कार छ महाठिस सल्लाहकार ..प्रम गलत होइनन, गल्ती गर्ने त रिमालहरु हुन्, गाली ओलीले खानु परर्या छ । सुवास आचार्यले लेखेका छन्, मुलुकका प्रधानमन्त्रीले कस्ता सल्लाह, सुझाव, राय पाउँछन भन्ने यसमा लेखिएको हेकी हरपले प्रस्ट हुदैन र ? नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले लेखेका छन्, छि छि छि सरकारका प्रमुख सल्लाहकारका भनाई ।

यी त प्रतिनिधी प्रतिक्रिया मात्र हुन् । रिमालको यस्तो टिप्पणीको समाजिक सन्जालमा निकै आलोचना भएको छ  । उनको सरकारले ढंग पु¥याएर काम नगर्ने अनि अरुलाइृ कसैले चलाएका वा छोडेका छौडाहरु भनेर टिप्पणी गरेको भन्दै निक्कै आलोचना भईरहेको छ ।

 
 

प्रतिक्रिया दिनुहोस