काठमाडौं । प्रमुख प्रतिपक्षी काग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा र उनी इतर पक्षले बैठकका पूर्व सन्ध्यामा केही दिन यता नियमित आ–आफ्ना गुटका बैठक बसेर तयारी गरेपछि आजबाट बस्ने बैठकमा दुई पक्षका बीचका रस्साकस्सी चल्ने देखिएको छ ।
पार्टी विधान अनुसारको संरचना नबनेको अवस्थामा त्यस्तो संरचना निर्वाचन मार्फत बनाउने वा मनोनयन गराउने, पार्टी केन्द्रको महाधिवेशन नियमित समयमा गर्ने वा म्याद थप गरेर एक वर्ष पछि धकेल्ने र भातृ सस्थाहरुको विवाद मिलाएर नेतृत्व कसरी टङग्याउने लगायतका विषयमा काग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
देउवा पक्ष पार्टी महाधिवेशन एक वर्ष पछि धकेल्न खोज्दैछ भने तल्लो तह सम्मका विधान अनुसारको पार्टी संरचना संक्रमणकालका लागि भन्दै मनोनयन गर्न खोजिरहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र सिटौला पक्षका नेताहरुले भने नियमित समयमै महाधिवेशन गराउनु पर्ने भन्दै देउवा पक्षलाई दबाब दिने रणनीतिमा छ ।
आजबाट बस्ने बैठकका आन्तरिक रणनीति बनाउन शनिबार दुबै पक्षका गुटगत बैठक बसेको थियो । देउवा पक्षको बैठक देउवा निवास बुढानिलकण्ठमा बसेको थियो भने उनी इतर पक्षका नेताहरुको बैठक महामन्त्री डा शसांक कोइराला निवास महाराजगन्जमा बसेको थियो ।
महाधिवेशन सार्न खोज्ने देउवाको चाहनामा उनी इतर पक्षले आजको बैठकमा खरो प्रतिवाद गर्ने रणनीति डा शसांक निवासको बैठकमा बनाएका छन् । उक्त र्बैठकमा सहभागी काग्रेस नेता अर्जुननरसिंह केसीले सफल खबरसँग भने,–‘कामै नगरी बस्ने , अनि समयमा महाधिवेशन गर्न भ्याएनौं, म्याद थप गरौं भन्ने कुरा स्वीकार्य हुदैन । हामी त्यस्तो भयो भने प्रतिरोध गछौं ।’
सस्थापन इतर पक्षको गत असार १७ गते पनि नुवाकोट सभापति जगदिश नरसिंह केसीको निवास गोगंबुमा गुटगत बैठक बसेको थियो । उनको निवासमा बसेको बैठकलाई २०६८ सालमा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध अन्य नेताहरुले घेरावन्दी गर्न धोविघाट गठबन्धन गरेजस्तै अहिले देउवाविरुद्धको गठवन्धनका रुपमा बुझेका छन् ।
देउवा पक्षले पनि आफु विरुद्द कोइराला, पौडेल र सिटौला पक्षले अवलम्वन गर्न सक्ने रणनीतिको शसत्त प्रतिरोध गर्न अवलम्वन गर्ने रणनीतिमा छलफल भएको छ । दुबै पक्ष आ –आफनो रणनीति अनुसार एक अर्काेलाई गलाउने रणनीतिमा रहेका कारण काग्रेस बैठक यो पल्ट निक्कै पेचिलो बन्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०७६, ०७ : ४०
लेखकबाट थप