काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण रोकेकोमा सरकारको तिव्र आलोचना हुन थालेपछि प्रधानमन्त्रीले रोक्नुपर्नाको कारणबारे आफ्नै पार्टीको दल वैठकमा स्पष्टिकरण दिएका छन् ।
आफ्नै सांसदहरुले विषादी परीक्षणमा सरकार भारतसामु झुकेको आरोप लगाएपछि ओलीले यस सम्बन्धमा प्रष्टिकरण दिनु परेको थियो । सांसद कालिबहादुर मल्ल लगायतले विषादीको राष्टिय /अन्तराष्टिय सीमा नहुने र विष भनेको विष नै हुने भन्दै प्रधानमन्त्रीको जावाफ माग गरेका थिए । ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापन नभएपछि सरकारले तयारी गरेर परीक्षण गराउने बताएका थिए ।
ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पारे । ‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन’, प्रधानमन्त्री ओलीले भने –‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारी बिना यस्तो भयो । त्यस कारण अलिकति समस्या प¥यो । हाललाई यसलाई छोड्नु प¥यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति ।’
संसदीय दलको बैठकमा भारतबाट आउने तरकारीमा भएको विषादी परीक्षणको सम्बन्धमा प्रधानमन्त्री ओलीको भनाइ जस्ताको त्यस्तै :
हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति । जाँच्ने नै तपाईसँग छैन.भने जाँच्न पर्छ भनेर के गर्नु हुन्छ ? त्यो जाँच्ने हामी भर्खर स्थापना गर्दै छौं अनि, स्थापना हुदैँछन् जाँच केन्द्रहरु ।
त्यस कारण अहिले त्यो पर्याप्त अवस्था नभइकन, हामीले हाम्रो देश भित्र पनि अघि एक जना साथीले भन्नु भयो, विषको सीमा हुदैन भित्रको भएपनि विष हो, बाहिरको भएपनि विष हो । विषादीयुक्त खानेकुरा खान हुदैन । जनतालाई खान दिन हुदैन तर विषादीयुक्त बिक्री हाम्रा पनि भएका छन् भने हामीले त्यो जाँच्न सकिराखेको अवस्था छैन् । त्यो वास्तवमा के हो भने हामीले नसक्ने गरी, त्यो परीक्षण गर्न नसक्ने अवस्थामा भयो । तसर्थ यसमा हामी स्पस्ट हुन जरुरी छ । यहाँ निर हामीले केही झुकेर, दबाबमा परेर आदि, इत्यादी भन्ने कुरा होइन ।
त्यो भन्दा हामीले यो संयुक्त चेक पोष्टहरु राख्यौं, ति चेक पोष्टहरु एउटा चल्यो । विराटनगरमा सुरु हुदैछ । अरु बनिसकेको छैनन् । चालु नै छैनन् । यस्तो स्थितिमा जब संयुक्त चेक पोष्ट र जाँचका सामग्रीहरु त्यो अवस्था तयार भइसकेको छैन भने हाम्रो हतारो साथ अलिकति गरिएछ भन्ने कुरा हामीले ठान्नु प¥यो । त्यस कारण हतारो भएको कुरालाई महशुस गरेर नै मन्त्रालयले त्यो प्रस्तावहरु ल्याएर, त्यो प्रस्तावलाई क्वाविनेटले पास ग¥यो । इच्छा मात्र गरेर हुदैन कतिपय कुरो । तर त्यो लागु भइहाल्ने स्थिति अलिक नभएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०७६, ०७ : १७
लेखकबाट थप