काठमाडौंमा भूकम्पको धक्का महसुस

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १६ : ३४
काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौंमा शनिबार अपरान्ह भूकम्पको धक्का महसुस गरिएको छ। अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प धक्का गएको महसुस गरिएको हो।

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । 

भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए। भूकम्प गएलगत्तै उपत्यकामा बर्षा भइराखेको छ।

भूकम्पको केन्द्र, म्यागनेच्युड र क्षतिको विवरण आउन बाँकी छ। 

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्। यसलाई पनि २०७२ सालकै भूकम्पको परकम्पको रुपमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस