२२ गते विप्लवको नेकपाको होइन नेकपा माओवादीको बन्द

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १६ : १२
२२ गते विप्लवको नेकपाको होइन नेकपा माओवादीको बन्द

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली २२ गते आइतबार आफ्नो पार्टीले नेपाल बन्द आयोजना नगरेको बताएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले आफ्नो पार्टीको नाम जोडेर २२ गतेको नेपाल बन्द आव्हान गरिएकोबारे विभिन्न अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण बताए । उनले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभए पनि विभिन्न सञ्चारमाध्यमहरुले हाम्रो पार्टीको नाम जोडेर गलत समाचार प्रचारप्रसार गरेको आरोप लगाए ।  

वास्तवमा २२ गते बन्द आव्हान गर्ने पार्टी भने नेपाल कम्युनिस्ट पार्टी माओवादी हो । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनविरुद्ध नेपाल बन्द आव्हान गरेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले नेपाल बन्दको आह्वान गरेको हो । अहिलेको समय देशमा बढेको महँगी, भ्रष्टाचार र चर्म वेथिती तथा अनावश्यक रुपमा दोहोर भिडन्तको हल्ला पिटेर फासीवाद सरकारले  निर्दोष व्यक्तिहरुको दिनप्रतिदिन हत्याका घटनाहरु बढाएको भन्दै उक्त पार्टीको मध्य कमाण्डले एक विज्ञप्ती जारी गर्दै असार २२ गते नेपाल बन्द घोषणा भएको जानकारी गराएको हो ।

पश्चिम कमान्ड इन्चार्ज प्रतावको नामबाट जारी विज्ञप्तिबाट  नेपाल बन्द दिन कसैले पनि उल्ङ्घन गरी प्रहरीको सहायताले स्कटिंगमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भैतिक कारवाही गर्ने समेत चेतावनी दिइएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस