यसकारण गरिरहनुपर्छ रक्तदान

शनिबार, २१ असार २०७६, ०८ : १५
यसकारण गरिरहनुपर्छ रक्तदान

डा. नीरजकुमार सिंह, कन्सल्ट्यान्ट हेमाटोलोजिस्ट वीर अस्पताल्र काठमाडौं
काठमाडौँ । हरेक दुई सेकेन्डमा कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । दुर्घटना, रोगबाट पीडित, अविकसित शिशु र जटिल शल्यक्रिया आदि अवस्थामा रगतको एकदमै आवश्यकता पर्छ । व्यक्तिअनुसार रक्तसमूह फरक–फरक हुने भएकाले पनि आवश्यक रगतको अभाव भइरहेको हुन्छ । 

 किन गर्ने ?
–स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व  हो, जुन  प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जान्छ । यदि, तीन महिनामा रक्तदान गर्ने हो भने शरीरमा ताजा रगत बग्न सघाउ पुग्छ । जुन स्वास्थ्यका दृष्टिकोणले एकदमै राम्रो हो ।
–सामान्यतया १८ देखि ५६ वर्षसम्मका स्वस्थ मानिसले रक्तदान गर्न सक्छन् । रगत दिँदा कमजोर भइन्छ भन्ने हाम्रो समाजमा  भ्रम रहेको पाइन्छ । यो चिर्न आवश्यक छ । उचित पौष्टिक आहारको सेवन गरेमा रक्तदानपछि पनि कुनै समस्या  हुँदैन ।

  जसले नगर्ने
 –रगतमा आइरन र हेमोग्लोबिनको कमी भएका व्यक्तिले रक्तदान गर्नुहुँदैन । गरेमा उनीहरूमा झनै कमी भई     समस्या हुन सक्छ ।
 –कुनै संक्रामक तथा दीर्घरोग रोग भएका मानिसले रक्तदान गर्नुहुँदैन । जस्तै, छारेरोगको औषधि सेवन गरिीरहेको   व्यक्तिले रक्ततदान गर्न मिल्दैन ।  
–महिनावारी भएको वेला, गर्भवती र बच्चालाई दूध खुवाइरहेका महिलाले समेत रक्तदान गर्नुहुँदैन । 
 –पाइलट, ड्राइभर, आदि विशेष पेसा भएका तथा अस्पताललगायत क्षेत्रमा मेसिनरी काम गर्ने मानिसले रक्तदान गर्ने बित्तिक्कै काममा जानुहुँदैन । 
–शरीरमा ट्याटु खोपेका मानिसलेसमेत रक्तदान गर्न मिल्दैन ।

 रगतको काम
जीवित  रहनका लागी नभई नहुने तत्व हो रगत, जुन प्लाज्मा र रक्तकोषबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्व संगै अक्सिजन लगायतका आवश्यक पदार्थ प्रत्येक अंगमा पुर्याएने काम गर्छ । रगतले कार्बनडाई अक्साइड, युरिया र ल्याक्टिक एसिड जस्ता काम नलाग्ने पदार्थलाई बाहिर निकाल्ने काम समेत गर्दछ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस