बँदेलको आक्रमणबाट दुई जना घाइते

रासस

शुक्रबार, २० असार २०७६, २० : १५
बँदेलको आक्रमणबाट दुई जना घाइते

काठमाडौं । केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते जगतको अवस्था गम्भिर छ ।

उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ  कुँवरले जानकारी दिनुभयो । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस