Safal Khabar - महिनावारीको दुखाइ ‘हर्ट अट्याक’ जत्तिकै गम्भीर, पढौं महिलाले जान्नै पर्ने कुरा
आइतबार, ०५ साउन २०७६ (Sunday, 21 July, 2019)
महिनावारीको दुखाइ ‘हर्ट अट्याक’ जत्तिकै गम्भीर, पढौं महिलाले जान्नै पर्ने कुरा
बिहिबार, १९ असार २०७६, १७ : २९
महिनावारीको दुखाइ ‘हर्ट अट्याक’ जत्तिकै गम्भीर, पढौं महिलाले जान्नै पर्ने कुरा

काठमाडौं । सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारीको समयमा अत्यधिक दुखाइ हुने गर्छ । कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । अनुसन्धानकर्ताहरुले भर्खरै एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा ९ दिन काम गर्न नसक्ने खुलेको छ ।

१५ देखि ४५ वर्ष बीचका महिला
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उक्त अध्ययनमा उल्लेख भएअनुसार नेदरल्याण्डका १५ देखि ४५ वर्ष बीचका ३२,७४८ महिलाहरुमा अध्ययन गरिएको थियो । अध्ययनमा सामेल भएका महिलाहरुको मेन्स्ट्रुअल साइकिलको पूरा जानकारी मागिएको थियो । र उनीहरुलाई महिनावारीको समयमा देखिने गम्भीर लक्षण र महिनावारीमा हुने दुखाइका कारण अपिस जान नसकेको घटनाको बारेमा सवाल–जवाफ गरेका थिए ।

महिनावारीको समयमा अफिस जान नसकेको स्वीकार 
 उक्त अध्ययनमा संलग्न २६,४३८ जना महिलाहरुले महिनावारीको समयमा दुखाइको बाबजुद पनि अफिस जाने गरेको बताए । तर जुन महिला महिनावारीको दुखाइ लिएर नै अफिस जाने गर्छन् उनीहरुले गर्ने कामको प्रतिफल कम हुने पाइएको छ । अनुसन्धानकर्ताका अनुसार महिनावारीमा काम गर्ने महिलाले गर्ने कामको प्रतिफल ३३ प्रतिशत कम पाइएको छ । जुन हरेक वर्षमा ९ दिन काम गर्न नसक्नु बराबर हुन आउँछ ।

३ प्रतिशतले लिन्छन् छुट्टी
अध्ययनका क्रममा ४,५१४ जनाले महिनावारीमा छुट्टी नै लिएर बसेको पाइयो । यति मात्र होइन करिब ३ प्रतिशत महिलाले हरेक पटक महिनावारीको समयमा बिदा बस्ने गरेको पाइयो । २१ वर्ष भन्दा कम उमेरका महिलाले काममा छुट्टि धेरै बसेको पाइयो । 

‘हार्ट अट्याक’भन्दा जस्तै गम्भीर दुखाइ
अध्ययनमा सामेल भएका ७० प्रतिशत महिलाहरुले महिनावारीको समयमा आराम भइदियोस् भन्ने इच्छा व्यक्त गरे । सन् २०१६ मा लण्डन युनिभर्सिटी कलेजका एकजना प्रोफेसरले महिनावारीको दुखाइ हृदयघातजस्तै खतरनाहक हुने बताए । 

प्रतिक्रिया दिनुहोस