पार्टी एकताको काममा ढिला भयो : वरिष्ठ नेता नेपाल

रासस

मंगलबार, १७ असार २०७६, २० : १५
पार्टी एकताको काममा ढिला भयो : वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पु¥याउने काममा ढिलाइ हुँदै गएको बताउनुभएको छ ।

 मध्यपुरथिमिमा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३०औँ स्मृति दिवसमा बोल्दै उहाँले जुन उमङ्ग र जोशका साथ पार्टी एकता प्रक्रिया अगाडि बढाइएको थियो त्यो अनुरुप काम नहुँदा पार्टी एकीकरण ढिलाइ भएको बताउनुभयो ।

पार्टीको नेतृत्व पङ्क्ति नै एकता प्रक्रियामा गम्भीर भएर नलाग्दा समस्या आएको उल्लेख गर्दै उहाँले पार्टी एकीकरण ढिलाइले कार्यकर्तामा निराशा छाएको उल्लेख गर्नुभयो । पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस