शीर्ष नेताबीचको समझदारीको बजारीकरण उचित भएन: उपप्रम पोखरेल

रासस

आइतबार, १५ असार २०७६, २० : ४३
शीर्ष नेताबीचको समझदारीको बजारीकरण उचित भएन: उपप्रम पोखरेल

फाईल फोटो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शीर्षनेताबीच भएको समझदारीका विषयलाई बजारीकरण गर्नु उचित नभएको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित ‘जननेता मदन भण्डारीको जन्मजयन्तीको सन्दर्भमा आयोजित अन्तरक्रिया’मा रक्षामन्त्री उहाँले दुई नेताबीच भएका समझदारी बारेमा मर्यादित र सुहाउँदो विश्लेषण हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले दुवै नेता अनुभवी र खारिएका हुनाले एकीकृत पार्टीमा भएका विवाद र असमझदारी टुङ्गो लागाउन केन्द्रीय नेतृत्व तहले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले दुई पार्टीबीच एकता, मित्रता, सहयात्राको पाटो बलियो भएको र निषेधको पक्ष कमजोर भएकाले पुराना कुरालाई सच्याउँदै स्थानीयस्तरका कार्यकर्तालाई पार्टी सङ्गठन मिलाउन आग्रह गर्नुभयो ।    

प्रदेश नं १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रत्येक नेपाली नागरिकले दैनिकरुपमा समृद्ध कायम महसुुस हुने आधारले सरकारले कार्य गरिरहेको बताउँदै वर्तमान सरकारविरुद्ध गलत प्रचारप्रसार भइरहेकाले यसलाई बहसमार्फत समाधानमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का अध्यक्ष  देवराज घिमिरेले जनताको बहुदलीय जनवादीलाई व्यवहारमा परिणत गरी समाजवाद लागू गरी जनतालाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस