सामाजिक सञ्जालमा धेरै भुल्दा के हुन्छ ? जानीराखौँ

शनिबार, १४ असार २०७६, ११ : १८
सामाजिक सञ्जालमा धेरै भुल्दा के हुन्छ ? जानीराखौँ

डा.सरोजप्रसाद ओझा, मनोचिकित्सक त्रिवि शिक्षण अस्पताल्र 
काठमाडौँ । संसारभर कुल जनसंख्याको करिब ४० प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्छन् । हरेक मानिसले औसतमा दिनको दुई घन्टा सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट, ट्विट र अपलोड गरेर समय बिताइरहेका हुन्छन् । सामाजिक सञ्जालले दुनियाँसँग सम्पर्कमा रहन, सामाजिक सहायता प्राप्त गर्न, नयाँ कुराको ज्ञान लिन तथा संगठित हुन उपयोगी भूमिका खेलेको छ ।

तर, सामाजिक सञ्जालले सधैँ र सबैलाई राम्रो गर्दैन । लामो समय सोसल मिडियामा बिताउने, नराम्रो विषयवस्तुसँग जोडिने, अरूलाई हानि हुने कुरा पोस्ट गर्ने तथा आपराधिक क्रियाकलाप गर्नेजस्ता यसका खराबी छन् । अब जानौँ सामाजिक सञ्जाल बढी चलाउँदाका असरबारे :

यस्ता मानसिक असर

 – लामो समयसम्म सोसल मिडियामा बसेर नकारात्मक कुरासँग जोडिने मानिसको मष्तिस्कमा असर पु(याइरहेको     हुन्छ ।
 – सामाजिक सञ्जाल धेरै चलाउनेको दिमाग थकित हुन्छ ।  जसका कारण कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न गाह्रो       हुने   गर्छ । 
– सामाजिक सञ्जालको लतका कारण विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । जसबाट किशोर–किशोरी बढी प्रभावित   हुन्छन् । राति अबेरसम्म सामाजिक सञ्जालमा झुन्डिने गरेमा अनिद्रा र टाउको दुख्नेजस्ता समस्या  देखापर्छन् ।           
– एक ठाउँमा ध्यान केन्द्रित नहुने हुँदा पढाइ बिग्रने तथा काम गर्न मन नलाग्ने हुन्छ । जसले गर्दा अन्य विभिन्न  समस्या  झेल्नुपर्ने हुन्छ ।
– ग्याजेटमा लामो समय बिताउँदा सामाजिक सम्बन्धसमेत बिग्रँदै जान्छ । यस्तो तलले कालान्तरमा एक्लो महसुस गर्ने, चिन्ता लिने र डिप्रेसन हुने आदि समस्या सिर्जना हुन्छन् । –नयाँ पत्रिकाबाट 
 

प्रतिक्रिया दिनुहोस