बालक खोलामा मृत भेटिए

रासस

शुक्रबार, १३ असार २०७६, २१ : १५
बालक खोलामा मृत भेटिए

प्रतिकात्मक फोटो

काठमाडौँ । मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी बुधबार राति खोलामा मृत भेटिएका हुन् । 

छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार जानुभएको थियो । राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला  किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएका थिए ।  घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली आज घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस