वडाध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

रासस

शुक्रबार, १३ असार २०७६, २० : २५
वडाध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खानमाथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते भएका थिए । 

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस