उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउसमा’

रासस

बुधबार, ११ असार २०७६, २० : ०६
उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउसमा’

काठमाडौं । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । 

सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार शुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा आज मात्रै स्थानान्तरण भएको हो । 

यसअघि उपराष्ट्रपतिको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगको बहादुर भवनको एक भागमा रहेको थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो ।

प्रतिक्रिया दिनुहोस