गर्मीबाट बच्न यस्ता सावधानी अपनाउनुहोस्

बुधबार, ११ असार २०७६, १९ : २१
गर्मीबाट बच्न यस्ता सावधानी अपनाउनुहोस्

- डा. अभिषेक सिंह,इन्टरनल मेडिसिन नेसनल मेडिकल कलेज, वीरगन्ज
काठमाडाैं । जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण विशेषगरी तराई र सहरी क्षेत्रमा बढेको छ । गर्मीकै कारण तराईमा जीवनशैली नै प्रभावित हुने गर्छ । मनसुन सुरु भइसके पनि गर्मी कम भएको छैन । गर्मीमा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सजग हुन आवश्यक हुन्छ । 

- सामान्यतया मानव शरीरले ९७ देखि ९९.७ डिग्री सेल्सियससम्मको तापक्रम पचाउन सक्छ । तर, अत्यधिक गर्मीमा शरीरको तापक्रम बढेर १०१ देखि माथि पुग्न सक्छ, जसलाई मेडिकल भाषामा हाइपरथर्मिया भनिन्छ । हाइपर थर्मिया शरीरले तापक्रमलाई नियन्त्रण गर्न नसकेका कारण हुने गर्छ । जसले गर्दा टाउको दुख्ने, बेहोस हुने, हात–खुट्टा काँप्नेजस्ता समस्या आउन सक्छन् । चर्को घाममा हिँड्दा, रिंगटा लाग्ने तथा अनुहार रातो हुने हुन सक्छ । 

- गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । 

- पानी कति पिउने भन्ने धेरैलाई थाहा हुँदैन । यदि, पिसाब पहेँलो वा गाढा आउँछ भने शरीरमा पानी अपुग भइरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैले, गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ ।

- अत्यधिक पसिनाका कारण कतिपय अवस्थामा शरीरमा सोडियम, पोटासियम र साल्टको मात्रा कम हुने गर्छ । यस्तो अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । तसर्थ, फलफूलको रस पनि खानुपर्छ । 

- सकेसम्म चर्को घाममा बाहिर निस्कनुहुँदैन । बाहिर निस्कनुपरेमा छाताको प्रयोग गर्नुपर्छ । सकभर, कालो रङको छाता ओड्नु उपयुक्त हुन्छ । जसले गर्दा सीधा घामको किरण शरीरमा पर्न पाउँदैन । तर, कपडा भने सकेसम्म कालो लगाउनुहुँदैन ।

- उच्च रक्तचाप, मधुमेह, ज्वरो, झाडापखाला, मेनेन्जाइटिसजस्ता समस्या भएका मानिसलाई गर्मीले बढी असर गर्छ । उनीहरूमा चाँडो डिहाइड्रेसनको समस्या हुन सक्छ । यसर्थ, सचेत हुनुपर्छ । 

- हिँड्दा गाह्रो भएमा सकभर चाँडो शीतल ठाउँमा गएर बस्नुपर्छ । त्यस्तै, घर वा कार्यालयमा बस्दा पनि पंखा, कुलर वा एसी प्रयोग गर्न सकिन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस