बलिउड जोडी टाइगर र दिशाबीच ‘ब्रेक अप’

एजेन्सी

सोमबार, ०९ असार २०७६, १९ : ०१
बलिउड जोडी टाइगर र दिशाबीच ‘ब्रेक अप’

काठमाडौं ।  बलिउडको आदर्श जोडीका रुपमा चर्चित अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु बे्रक अप भएको समाचार सार्वजनिक भएको हो । 

यो जोडी लामो समयदेखि सम्बन्धमा रहँदै आए पनि दुवैले अस्वीकार गर्दै आएका थिए । तर पछिल्लो समयमा एक आपसमा देखिएको यो जोडीको ब्रेक अपमा भएको समाचार सार्वजनिक भएको हो । उनीहरु आपसी सहमतिमा नै ब्रेक अप भएको जनाएको छ । 

एक सुत्रका अनुसार टाइगर र दिशाको सम्बन्ध पछिल्लो समय उतार–चढाव हुँदै आएको थियो । समाचारमा अभिनेत्री दिशा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएकाले उनीहरुको सम्बन्ध ब्रेक अप भएको हुन सक्ने जनाएको छ ।  – नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस