बिहे गर्न हतार छैन

आइतबार, ०८ असार २०७६, २१ : ४०
बिहे गर्न हतार छैन

काठमाडौं । यही हप्ता नम्रता श्रेष्ठले ३३ औँ जन्मदिन मनाइन्। त्यसै पनि हिरोइनलाई अफेयरमा रहेको थाहा पाएपछि बिहे कहिले गर्ने ? सोधेर हैरान पार्छन्। अझ त्यसमाथि नम्रताको त प्रचलित मान्यताअनुसार बिहे गर्ने उमेर ढल्कन लागेको अवस्था।

त्यसैले जन्मदिनमा पनि पत्रकारले उही पुरानो प्रश्न दोहोर्‍याए, ‘बिहे कहिले गर्ने ?’ नम्रताले पनि उही पुरानो रेडिमेड जवाफ दिइन्, ‘तत्काल सोचेको छैन।’ उनले तत्काल बिहे नगर्ने जवाफ दिइरहँदा अनौठो तर्क पनि दिइन्। उनको तर्क थियो, ‘अझ राम्रा फिल्महरू गर्नु छ। यही कारण तत्काल बिहे नगर्ने। ’

बजारमा नम्रता र प्रेमी दावा स्टिभन शेर्पा लिभिङ टुगेदरमा रहेको चर्चा छ। यो भनेको लगभग विवाह गरेजस्तै हो। अब बिहे गर्ने मान्छे नै चौबीसै घण्टा सँगै भएपछि औपचारिकताको के कुरा गर्नु ? भएन, राम्रा फिल्म गर्नलाई बिहेले कसलाई पो छेकेको छ र ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस