सौगातले सृष्टिलाई लगाइदिए झुम्का

आइतबार, ०८ असार २०७६, १८ : ५५
सौगातले सृष्टिलाई लगाइदिए झुम्का

काठमाडाैं । पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लको प्रेम प्रसंग अब नयाँ रहेन । दुवैले सार्वजनिक रूपमा स्विकारिसकेका छन् । उनीहरूको प्रेम प्रसंगले यतिवेला फिल्मी बजार तताइरहेको छ । 

अहिले दुवैजना ‘पोइ पर्‍यो काले’को सुटिङमा व्यस्त छन् । फिल्ममा उनीहरूको भूमिका के हो भनेर खुलाइएको छैन । फिल्ममा उनीहरूको साथमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ पनि छन् । 

हालै सृष्टिले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । फोटोमा सौगातले सृष्टिको कानमा फूललाई झुम्का बनाएर लगाइदिइरहेका छन् । सृष्टिले क्याप्सनमा लेखेकी छिन्, ‘हे कान्छा, मलाई फूलको झुम्का लगाइदेऊ न ।’  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस