विदेशमा पढ्न १२ कक्षा पास हुनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

शुक्रबार, ०६ असार २०७६, १७ : १४
विदेशमा पढ्न १२ कक्षा पास हुनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । विदेशमा पढ्न जानको लागि नेपालमा कक्षा १२ उत्तीर्ण गर्नुपर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश गरेको छ । 

सर्वोच्च अदालतले उच्च शिक्षा अध्ययनमा नो अब्जेक्सन लेटर (एनओसी) प्राप्त गर्न १२ कक्षा पास भएको हुनुपर्ने निर्णय कार्यान्वयन नर्गन अन्तरकालीन आदेश जारी गरेको छ। न्यायाधीश शुष्मालता माथेमाको एकल इजलाशले सरकारको उक्त निर्णय दुवै पक्षको छलफल नभएसम्म कार्यान्वयन नर्गन  आदेश जारी गरेको हो।

सरकारले जेठ २९ गते उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले १२ कक्षा पास गर्नैपर्ने सूचना जारी गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान एनओसी उपलब्ध नगराइने जानकारी गराएको थियो।

सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता रामदत्त ओझाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार अर्को सुनुवाइ नभएसम्म कार्यान्वयन नगर्न आदेश गरेको छ । 

सर्वोच्चले अर्को सुनुवाइ आइतबारका लागि तोकेको छ। छलफलका लागि सवै पक्षलाई बोलाउँदै सर्वोच्चले अन्तरिम आदेशमार्फत उक्त निर्णय रोक्नु पर्ने वा नपर्ने विषयमा निर्णय हुने भनेको छ । सर्वोच्चले विद्यार्थीलाई एनओसी नदिनुपर्ने कारण सरकारलाई लिखित रुपमा पेस गर्न पनि भनेको छ।

प्रतिक्रिया दिनुहोस