सुत्केरीको हेलिकप्टरमा उद्धार

रासस

विहीबार, ०५ असार २०७६, २१ : ४४
सुत्केरीको हेलिकप्टरमा उद्धार

प्रतिकात्मक फोटो

डोल्पा । डोल्पाकी एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो । 

महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो । बुढाको उद्धार गरी हेलिकप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । दुई दिनदेखि सुत्केरी हुन नसकेपछि उनको उद्धार गरिएको हो । अहिलेसम्म डोल्पाबाट हेलिकप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस