माथिल्लो कर्णाली आयोजना सकारले बनाउनुपर्छ: रावल

रासस

बुधबार, ०४ असार २०७६, २१ : ०८
माथिल्लो कर्णाली आयोजना सकारले बनाउनुपर्छ:  रावल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार आफैले बनाउनुपर्ने बताउनुभएको छ । नेकपा अछामले विनायकमा आज आयोजना गरेको सभामा नेता रावलले आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको दाबी गर्नुभयो । 

आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुँने रावलको भनाइ छ । नौ सय मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड छ । 

उहाँले जनताका समस्या समाधानका लागि आपूm र आफ्नो पार्टीका नेता कार्यक्रताले जनताको मतको शिरोधार्य गर्दै अधि बढ्ने बताउनुभयो ।

जनसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले अव नेकपाले गाउँ, नगर, वडा तहमा कमिटी विस्तार गर्दै अघि बढ्ने र जनताको साथमै रहने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस