पहिरनका विषयमा वर्षाको जवाफ : ‘मेरो परिवारलाई समस्या छैन भने अरुलाई के खाँचो’

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, १४ : १४
पहिरनका विषयमा वर्षाको जवाफ : ‘मेरो परिवारलाई समस्या छैन भने अरुलाई के खाँचो’

काठमाडौं । पहिरनका कारण विवादमा मुछिएकी नायिका बर्षा राउतले कडा जवाफ दिएकी छिन् । मंलबार राजधानीमा चलचित्र जात्रै जात्रा को ‘स्पेशल शो’ बोल्दै वर्षाले आफू अष्ट्रेलिया हुँदा लगाएको पहिरन आफ्नो रोजाइको नै भएको बताइन् ।
उनले आफूले उक्त पहिरनमा सहज महशुस पनि गरेको बताइन् । उनले आफूले लगाएको पहिरनमा आफ्नो परिवारलाई, सन्जोगलाई र नजिकका साथीभाईलाई केही समस्या नभएकाले त्यस विषयमा बोल्न जरुरी नभएको बताइन् । उनले अरुले जे भनेपनि आफूलाई केही फरक नपर्ने बताइन् । उनले आफूले लगाएको पहिरनमा अरुले आपत्ति नजनाउँदा राम्रो हुने पनि बताइन् ।
नायिका बर्षा राउत केहीसमय अघि आफ्नो पहिरनका कारण विवादमा मुछिएकी थिइन् । उनी चलचित्र जात्रै जात्रा को प्रदर्शनको लागि अष्ट्रेलिया गएकी थिइन् ।

उनले अष्ट्रेलिया हुँदा लगाएको पहिरन ट्रोलको शिकार भएको थियो । बर्षाको उक्त पहिरनको माथिल्लो भाग अलि खुलेको थियो । त्यसैले उनी ट्रोलको शिकार बनेकी थिइन् ।

बर्षालाइ दर्शकले तथानाम गाली समेत दिएका थिए । धेरैले बर्षा विवाहपछि ज्यादै स्वतन्त्र हुन थालेको समेत बताएका थिए ।  

प्रतिक्रिया दिनुहोस