सलमान–ऐश्वर्या पहिलो फिल्म : यी हुन् पाँच रोचक तथ्य

एजेन्सी

बुधबार, ०४ असार २०७६, १२ : २५
सलमान–ऐश्वर्या पहिलो फिल्म : यी हुन् पाँच रोचक तथ्य

काठमाडाैं  । सलमान खान र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म ‘हम दिल दे चुके सनम’ १८ जुन, १९९९ मा रिलिज भएको थियो । यो फिल्मसँग जोडिएका पाँच किस्सा यस्ता छन् । 

 फिल्मको नाम पहिले दिल तो हमने दे दिया सनम थियो । पछि यसको नाम हम दिल दे चुके सनम राखिएको थियो ।
 फिल्मको मेकिङ भिडियोमा संजय लिला भन्सालीले ऐश्वर्याको सुसाइड सिनबारे चर्चा गरेका छन् । ऐश्वर्या नन्दिनीको भूमिकामा यति डुबेकी थिइन् कि उनको आँखा सुुस्त भएको थियो । 
 ९० को दशकमा बनेको यो पहिलो फिल्म थियो, जुन फिल्ममा निर्देशकले अत्यधिक रिसर्च गरेका थिए ।
सलमान खानर संजय लिला भन्सालीले दोस्रोपटक यस फिल्ममा काम गरेका थिए । योभन्दा अगाडि उनीहरूले द म्युजिकल ड्रामामा काम गरेका थिए । 
 संजय लिला भन्सालीलाई सधैँ लाग्थ्यो कि अजय देवगण निर्देशक बन्नेछन् । तर, अजय कहिल्यै निर्देशक बनेनन् । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस