चितवन मेडिकल कलेजको ९५ र्औ निशुल्क स्वास्थ्य शिविर गोरखामा

मंगलबार, ०३ असार २०७६, २० : ५२
चितवन मेडिकल कलेजको  ९५ र्औ निशुल्क स्वास्थ्य शिविर गोरखामा

गोरखा । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सि.एम.सी)ले आफ्नो समाजिक कार्यलाई तीव्र पारेको छ ।
प्रत्यक्ष चिकित्सकहरुको स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर ग्रामिण भेगका जनतालाई सेवा दिन निशुल्क स्वास्थ्य शिविर गर्दै सामाजिक काम गर्दै आएको छ । सोही अभियान अन्तर्गत सि.एम.सी ले चिकित्सकहरुसहित  गोरखाको भच्चेक गाउँमा पुगेर  निशुल्क उपचार गरेको छ ।

गोरखाको अजिरकोट गाउँपालिकाको सहकार्यमा आफ्नो ९५ र्औ शिविर भच्चेक स्वास्थ्य चौकीमा चर्म रोग (छाला) तथा विशेषज्ञहरुसहितको टोलीले शिविर गरेको प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । विगत ११ बर्षदेखि मेडिकल सिटी चितवनमा गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको  मेडिकल कलेजले आफ्नो समाजिक उत्तर दायित्व अन्तर्गत ग्रामिण भेगमा पुगेर प्रत्यक्ष रुपमा विशेषज्ञसहितको निशुल्क उपचार सेवा दिने गरेको उनले प्रस्ट पारे ।

शिविरमा डा.शित्तल अधिकारी, न्यूरो सर्जन डा.अजित श्रेष्ठ, छाला रोग विशेषज्ञ डा.प्रतिक्षा थापा, रेडियोलोजिष्ट डा. विज्ञान पौडेलसहितको १० जनाको विशेषज्ञ टिम उपचार दिन गाउँमा नै पुगेका थिए ।गोरखा जिल्लाको भच्चेकमा आयोजित शिविरमा ३ सय जना महिलासहित ५ सय ६० जनाले सेवा लिएका हुन भने २ सय ५० जनाको निशुल्क भिडियो एक्सरे समेत गरेको देवकोटाले जानकारी दिए ।

शिविरमा पेट, क्यान्सर, ढाड दुख्ने, कान, छाला, पाठेघर, छाती, टाउको सम्बन्धी  धेरै समस्या भएका विरामीहरु भेटिएको अस्पतालका बरिष्ठ डा.शित्तल अधिकारीले जनाकारी गराए ।सोही अवसरमा निशुल्क औषधी वितरणसगैँ शिविर स्थलमा नै निशुल्क ल्याब परीक्षणसगैँ मघुमेहसमेत परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस