तत्काल बिहे गर्दिनँ : नम्रता श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १७ : १२
तत्काल बिहे गर्दिनँ : नम्रता श्रेष्ठ

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठलाई 'अभिनयकी रानी' भन्ने गरिन्छ । उनको जीवन्त अभिनयले धेरैलाई लोभ्याउने गरेको छ । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । शुक्रबारबाट ३२ वर्ष पूरा गरेकी उनको पछिल्लो रिलिज फिल्म 'प्रसाद' हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्यो । नम्रताको अभिनयको पनि गबजकै प्रशंसा भयो । 
  
६ भदौबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’मा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । कार्यक्रममा उनले टिन एजमा आफू पनि फिल्मको जस्तै बोल्ड केटी भएको बताइन् । फिल्म ‘जाइरा’मा उनकै होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ ।

 अब्बल अभिनयका कारण चर्चामा रहने नम्रता केही वर्षयता पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा रमाइरहेकी छन् । उनीहरुको प्रेम खुल्ला किताबझैँ छ । प्रायः सार्वजनिक कार्यक्रममा नम्रता प्रेमी दावाकै साथमा पुगेकी हुन्छिन् । 

कार्यक्रममा फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको थियो । पोस्टरमा उनी मार्शल आर्ट खेलाडीको लुक्समा देखिएकी छन् ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस