Safal Khabar - अमिताभ बच्चनले तिरिदिए किसानहरुको ऋण, अझै अर्को वचन पूरा गर्न बाँकी रहेको भनाइ
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
अमिताभ बच्चनले तिरिदिए किसानहरुको ऋण, अझै अर्को वचन पूरा गर्न बाँकी रहेको भनाइ
बिहिबार, ३० जेठ २०७६, १६ : १७
अमिताभ बच्चनले तिरिदिए किसानहरुको ऋण, अझै अर्को वचन पूरा गर्न बाँकी रहेको भनाइ

एजेन्सी । बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।’

यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो यो । यसपटक बिहारका किसान हुनेछन् ।’

अमिताभले यसअघि पनि किसानको मद्दत गरेका छन् । गत वर्ष अमिताभले उत्तर प्रदेशका लगभग एक हजारबढी किसानको ऋण तिरिदिएका थिए ।
अमिताभले आफ्नो ब्लगमा यो पनि लेखे, ‘अझै अर्को एउटा वचन पूरा गर्नु छ । पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा गर्नुछ, सच्चा शहीद ।’

प्रतिक्रिया दिनुहोस