झाडीमा लुकाएर राखेको एक सय किलो गाँजा बरामद

रासस

बुधबार, २९ जेठ २०७६, २१ : ३०
झाडीमा लुकाएर राखेको एक सय किलो गाँजा बरामद

फाईल फोटो

काठमाडौं । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कडरबोनाले आज करीब एक सय किलो गाँजा बरामद गरेको छ । 

प्रहरी निरीक्षक निरञ्जनराज कार्की नेतृत्वको टोलीले सुरुङ्गा नगरपालिका–७ चकदहबाट उक्त गाँजा बरामद गरेको हो । बलान नदी नजिकैको झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस