नेहाले सम्झिएकै हुन् पूर्वप्रेमी ?

बुधबार, २९ जेठ २०७६, १७ : ४१
नेहाले सम्झिएकै हुन् पूर्वप्रेमी ?

काठमाडाैं । बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् । 

नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको साथमा देखिएकी थिइन् । हिमांश बलिउड अभिनेता हुन् । नेहाले आफ्नो गीतको टिकटक सेयर गरेपछि फ्यानले कमेन्ट गर्न सुरु गरेका छन् । उनका फ्यानले पूर्वप्रेमीको याद आएको भन्दै कमेन्ट गरेका छन् ।

पूर्वप्रेमीलाई सम्झिरहेको भनेर पनि फ्यानले नेहालाई उडाएका छन् । हिमांशले इन्डियन आइडल–१० को सेटमा नेहालाई प्रपोज गरेका थिए । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस