माडी फेर्ने सुन्दर योजना बुन्दै मेयर ढकाल (भिडियोसहित)

आगामी आर्थिक वर्षमा तीन सय विपन्न परिवारले नयाँ घर पाउने

प्रकाश सिग्देल

बुधबार, २९ जेठ २०७६, १५ : ०१
माडी फेर्ने सुन्दर योजना बुन्दै मेयर ढकाल (भिडियोसहित)

चितवन । माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि माडी नगरपालिकाभित्रका अति विपन्न समुदायका लागि जनता आवास कार्यक्रम संचालन गर्ने भएको छ । नगर सभाबाट पास गरेर आफ्नो नगरभित्रका ३ सय अति विपन्न परिवारका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गर्ने योजना रहेको नगर प्रमुख ठाकुर ढकालले बताउनु भयो ।
नगर सभाबाट पास गरेर वडा नम्बर ९ को प्याउलीमा ७६ घर, ८ को शिवद्वार

मा ८० घर, ३ नम्वर वडामा बाढीबाट बिस्तापित भएका ४० घरलाई पुरानै स्थानमा नमुना घर बनाइदिने र १ नम्बर वडाकोे १८ घरलाई नमुना बस्ती बनाउने र उनीहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनेतर्फ ध्यान गएको ढकालले बताउनु भयो । 

उनीहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल बनाएर रोजगार समेत दिने उहाँको भनाई छ । ढकालले आफ्नो एक महिनाको तलब नमुना आवासका लागि खर्च गर्ने समेत बताउनु भयो । नगरपालिकाले प्रतिघर २ लाखका दरले रकम लगानी गर्ने, ढुंगा, गिटी, बालुवा तथा अन्य मिस्त्रीको काम उही समुदायले गर्ने र बाँकी काठ, टिन, झ्याल, ढोका मिस्त्री ज्याला लगायतमा नगरपालिकाले सहयोग गर्ने ढकालले बताउनु भयो ।

नगरपालिकाभित्रका खाली जग्गामा पोखरी निर्माण गर्ने र त्यसमा तल्लो वर्गको किसानहरु सहितको सहभागिता जुटाएर सामुहिकतामा काम गर्ने गरेर नयाँ किसिमले अगाडि बढ्ने योजना गराएको ढकालको भनाई छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षभित्र नगरभित्रका भित्री बाटो कालोपत्रे गर्ने र पर्यटनलाई थप ब्यवस्थित बनाउन लागिपरेको उहाँ बताउनु हुन्छ । सोमेश्वर गढी र बैकुन्ठेश्वर विकास गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य समेत रहेको उहाँको भनाई छ । 

पछिल्लो समय माडीको विकासमा जनप्रतिनिधि निकै क्रियाशील भएको र नगर प्रमुख ठाकुर ढकालको हरेक समय नगर विकासका लागि चिन्तन भएकाले उहाँलाई साथ दिन आफूहरु सबै जुटेको माडी उद्योग बाणिज्य संघका अध्यक्ष रेशम आचार्य तुलसीले बताउनु भयो । 

आचार्यका अनुसार माडीमा जनप्रतिनिधिको आगमनपछि विकासले निकै फड्को मारेको छ । अधिकांश खोलाहरु तटबन्धन र सबैजसो खोलामा पुल निमार्णको काम भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस