सृष्टिको प्रेमले गर्मायो बजार

मंगलबार, २८ जेठ २०७६, १७ : २८
सृष्टिको प्रेमले गर्मायो बजार

काठमाडौं । नायिका तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अहिले सुटिङमा छिन् । उनीसँगै फिल्ममा अभिनेता सौगात मल्ल पनि देखिनेछन् । उनीहरूको ‘रिल लाइफ’ मा नभएर ‘रियल लाइफ’ को प्रेमले पनि बजार गर्माएको छ । 

उनीहरू प्रेममा परेको जानकारी सृष्टिले नै दिएकी हुन् । आफ्नो प्रेमबारे उनले खुलेर मिडियामा बोल्ने गरेकी छिन् । अहिलेको अवस्था रहिरहे बिहे हुने पनि उनले जानकारी दिएकी छिन् । यसबाटै बुझिन्छ, उनीहरू गहिरो प्रेममा छन् । 

सृष्टिले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । क्याप्सनमा लेखेकी छिन्, ‘प्रेम त्यो होइन, जो तपाईं गर्नुहुन्छ । प्रेम त तपाईं जे हुनुहुन्छ त्यही हो । हरेक सासमा प्रेम हुनुपर्छ ।’ दैनिक प्रेमिल बन्दै गइरहेकी सृष्टिको प्रेम कहिलेसम्म देख्न पाइन्छ, त्यो भने हेर्नै बाँकी छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस