प्रदूषणले लाग्छ दम रोग

मंगलबार, २८ जेठ २०७६, ०९ : ४८
प्रदूषणले लाग्छ दम रोग

काठमाडौँ । दम श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । विभिन्न कारणले श्वासनलीमा संकुचन आई सास फेर्न गाह्रो हुने हुन्छ । साथै, सुन्निएर श्वासप्रश्वास नलीमा अवरोध सिर्जना हुन्छ । दम जुनसुकै उमेर समूहका मानिसलाई हुन सक्छ । तर, ४० वर्षमाथिका यो समस्याबाट बढी प्रभावित हुने गरेको पाइन्छ । 

कारण 

–अधिकांशमा वायु प्रदूषणका कारण दम हुने गरेको पाइएको छ । विशेषगरी, सहरी क्षेत्र तथा धुलो–धुवाँ बढी भएको   ठाँउमा  बस्ने मानिसमा दम देखिने गरेको छ । त्यस्तै, आगोमा खाना पकाउने अर्थात् धुवाँमा लामो समय बिताउने   ग्रामीण  महिला पनि दमबाट बढी पीडित हुने गरेका छन् । 
–धूम्रपान गर्ने र औद्योगिक क्षेत्रमा काम गर्ने मानिसमासमेत दमको समस्या हुने गर्छ ।
–धुवाँ, धुलो र प्रदूषणका कारण हुने एलर्जीबाट बालबालिकामा दम हुने गर्छ ।
–विशेषगरी ३० देखि ३५ वर्ष उमेर समूहका मानिसमा वंशाणुगत गुणका कारण दम हुने गर्छ । उमेर बढ्दै जाँदा यो खालको दम बढ्ने भएकाले उपचार गर्न पनि गाह्रो हुन्छ । 
उपचार

–दम श्वासप्रश्वाससम्बन्धी रोग भएकाले धुवाँ, धुलो र वायु प्रदूषणबाट जोगिनुपर्छ । बाहिर निस्कँदा सधैँ  मास्क लगाउनुपर्छ ।  

–धूम्रपान त्याग्न अनिवार्य छ । जाडो मौसममा चिसो लाग्नबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । 
–दमको लक्षण देखिएमा आवश्यक चेकजाँच गरी उपचार गर्न सकिन्छ । यो रोग औषधिको सेवनबाटै नियन्त्रण  गर्न सकिन्छ । –नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस