चितवन मेडिकल कलेजले पायो वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति

१ सय २६ वटा स्वास्थ्य संस्थाहरुको आवेदनमा मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्था छनोट

सफल खबर संवाददाता

सोमबार, २७ जेठ २०७६, २१ : ३१
चितवन मेडिकल कलेजले पायो  वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती स्वास्थ्य संस्था छनोट गरेको हो । साथै चितवनमा रहेको  चितवन मेडिकल कलेजले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएको छ ।

सरकारले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्ने प्रावधान अघि सारेपछि २०७५ चैत १३ मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु सूचीकरणका लागि आवेदन माग गरेको थियो।  जसका लागि १ सय २६ वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए । अनुगमन पश्चात् मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्थालाई छनोट गरी सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस