व्यस्त जीवनमा तन्दुरुस्त रहन यसो गरौँ

सोमबार, २७ जेठ २०७६, २१ : ०९
व्यस्त जीवनमा तन्दुरुस्त रहन यसो गरौँ

काठमाडौं ।  स्वस्थ रहन मानिसले हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्नुपर्छ। तर, व्यस्त जीवनशैलीका कारण धेरैसँग जिम जाने र व्यायाम गर्ने समय हुँदैन। स्वस्थ र तन्दुरुस्त रहन यसो गर्न सकिन्छः 

–खाना खाएपछि सुतेर आराम गर्नुको साटो २० मिनेटजति पैदल हिँड्नुपर्छ। यसो गर्दा शरीरमा जम्ने अतिरिक्त बोसो हट्छ। मोटोपनबाट बच्न सकिन्छ। पैदल हिँड्दा खाना पनि पच्छ। हड्डी बलियो हुन्छ।

–घर, अफिसलगायत ठाउँमा लिफ्ट प्रयोग गर्नुभन्दा भर्‍याङ चढ्नु बेस हुन्छ। भर्‍याङ चढ्दा सम्पूर्ण शरीरको वर्कआउट हुन्छ। उकालो चढ्दा हृदयले तीव्र गतिले रगत पम्प गर्छ। जसले गर्दा शरीरका सबै अंगमा अक्सिजन र आवश्यक पोषक तत्त्वको सञ्चार हुन्छ।

–बिहान आफ्नो नियमित समयभन्दा २० मिनेटअघि नै उठ्नुपर्छ। चाँडो उठ्दा केही बेर अभ्यास वा मर्निङ वाक गर्ने समय पाइन्छ। बिहान उठेर व्यायाम गर्दा शरीर स्वस्थ त रहन्छ नै, दिनभरि पनि ऊर्जाशील रहन्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस