इन्स्टामा देखियो सनम र अश्मीको प्रेम

एजेन्सी

सोमबार, २७ जेठ २०७६, १७ : २०
इन्स्टामा देखियो सनम र अश्मीको प्रेम

काठमाडौं । पूर्वमिस नेपाल अश्मी श्रेष्ठले केही दिनअघि भारतीय गायक सनमसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलका लागि ।’ उनले सनमसँगको सेल्फी इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् भने सनमले पनि त्यही पोस्ट गरेका थिए । 

फोटो सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको खुलेको थियो । अहिले अश्मीले पोस्ट गरेका तस्बिरले उनीहरू झनै प्रेममा रहेको खुलेको छ । उनीहरू कुनै कार्यक्रममा गएका जस्ता देखिएका छन् । दुवै एक–एक साइडबाट कुनै कुरालाई हेरिरहेका छन् । अश्मीले फोटो पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘हामीले के हेरिरहेका थियौँ ?’ 

सन् २०१६ की मिस नेपाल अश्मीले त्यसपछि खासै केही समाजिक गतिविधि गरेको देखिँदैन । सनम भने कभर गीत गाएर हिट भएका हुन् । अश्मीको फोटोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘सनमले कसरी सेल्फी लिइरहेको छ भनेर हेरेका ।’ सनमले पनि एउटा फोटो इन्ट्रामा पोस्ट गरेका छन् । त्यसमा अश्मी सनमको छेउमै बसेर चिउँडोमा हात राखी पोज दिइरहेकी छिन् । - नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस