पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्या

आइतबार, २६ जेठ २०७६, ०७ : ५१
पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्या

काठमाडौँ । निद्रा पुग्नेगरी नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सबैलाई सुझाव दिइएको छ । 

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकामध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाइ छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुँदो रहेछ भन्ने कुरा यो अध्ययनले देखाएको उनीहरुको भनाइ छ । 

अध्ययनको नेतृत्व गरेका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरुमा यसले बढी प्रभावित पारेको बताए । उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उनले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिए । –नया पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस