Safal Khabar - एक पत्रकारको भोगाईमा युद्धका ती दिन
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
एक पत्रकारको भोगाईमा युद्धका ती दिन
शनिबार, २५ जेठ २०७६, १५ : ५२
एक पत्रकारको भोगाईमा युद्धका ती दिन

– सुरेन्द्र बस्नेत
नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेकी संगीता खड्का एक स्थापित र संघर्षशील पत्रकार हुन् । हालै उनले ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ नामक आफ्नो पहिलो कृति सार्वजनिक गरेकी छिन् ।
नेपालमा एउटा यस्तो जमाना थियोे जत्तिखेर तत्कालीन माओवादी विद्रोहीलाई हेर्न, बुझ्न र अनुभूत गर्न धेरै मान्छेको एकमात्र सहारा ‘जनादेश’ साप्ताहिक थियोे । आम जनता र भूमिगत माओवादी विद्रोहीका विचमा जनादेशले पुलको काम गर्दथ्यो ।

संकटकाल चर्कंदै जाँदा जनादेश पढ्नु, बोक्नु र कोठामा राख्नु पनि तत्कालीन राज्यको नजरमा एक आतंककारी काम थियोे । त्यत्तिबेला जनादेश सर्वाधिक बिक्री हुने मध्येको एक थियोे । संगीता त्यही जनादेश साप्ताहिककी सहसम्पादक थिइन् । 

जनादेश पढ्नेलाई त आतंककारी ठान्ने राज्यले त्यतिबेला जनादेश उत्पादन गर्ने कलमर्मीहलाई हेर्ने रबैया स्वतः अनुमान गर्न सकिने विषय हो । जनादेशका सम्पादक कृष्ण सेन ‘इच्छुक’ लेखे बापत मारिए । 

nic asia
Yeti Diistillery

संगीता त्यही कलम चलाए बापत पटक–पटक मुत्युको नजिक पुगिन् । तर संयोगले उनी बाँचिन् । प्रस्तुत ‘युद्धका ती दिन’ पुस्तक उनको त्यही नाफाको जिीन्दगीको एउटा उपहार हो । यसलाई कलम युद्धको एउटा जिउँदो इतिहासको रुपमा लिन सकिन्छ ।

प्रस्तुत पुस्तकलाई संकटकाल, जेल जीवन, भूमिगत रेडियो, गण्डक यात्रा गरी मुलतः  चार भागमा बाँडिएको छ । संकटकाल लागेको दिनबाट शुरु गरेर तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवटारमा सार्वजनिक भएको बेलाको प्रसङ्ग जोडी पुस्तकको विट मारिएको छ । 

संकटकालिन दिनहरु सम्झँदै संगीता लेख्छिन्, ‘एकदिन प्रेसबाट जनादेश लिएर आउँदै थिएँ, सिनामंगलमा सेनाले जाँच गर्दै रहेछ । मैले हत्तपत्त पत्रिकाको झोला आफ्नो घुँडामुनी राखे । कुर्ता सुरुवाल लगाएका कारण ढपक्क ढाक्दा पत्रिका फोल्ड गरेर बनाइएको सानो पाकेट पुरै छोपियो । मेरो ब्याग र पर्स समेत चेक गरियो । संयोगले मैले बोकेको पत्रिकामा नजर परेन । गाडी गुड्यो । धन्न फन्दामा परिएन ।’ 

पुस्तकमा यस्ता कयौं प्रसङ्गहरु छन । निरङकुश शासकहरु प्रेससँग कति धेरै त्रसित हुन्छन् भन्ने विषय पुस्तकमा राम्रोसँग उजागर गरिएको छ ।

संगीता गिरफ्तार भएर तत्कालीन नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबमा पुर्याइएकी थिइन् । जहाँ कृष्ण सेन इच्छुकलाई पनि ल्याइएको थियोे । 

सेनलाई बयान लिने क्रममा नेपाल प्रहरीका विक्रमसिंह थापाले भनेछन्, ‘बादल ९हालका गृहमन्त्री० का बारेमा हामीले बताइदे १’ सेनले ‘हामी पत्रकार हौं  । कुन नेता कहाँ बस्छन् हामीलाई जानकारी हुँदैन् १’ भनेछन् । 

संगीगता लेख्छिन्, ‘उत्तर सकिन नपाउँदै रिसले चुर भएको विक्रमसिंहले आदेश दिए र सेन दाईको शरीरभरि लठ्ठी बज्रियो ।’ त्यहाँ विक्रमसिंहले भनेका अभिव्यक्तिलाई संगीताले पुस्तकमा जस्ताको तस्तै उतारेकी छिन् । 

चरम यातना दिने क्रममा ती प्रहरी अधिकारीले सेनसँग भनेछन्, ‘तिमीहरूले शब्दमार्फत एकैपटक हजारौं मानिसलाई प्रभावित वनाउँछौं । सय छापामारभन्दा तिमीहरू जस्तो एउटा पत्रकार खतरनाक हुन्छ हाम्रा लागि । तेरो गिरफ्तारीको खबर हामीले महाराज समक्ष पुर्याइसकेका छौँ वुझिस् १’

अन्ततः पाशविक यातनाकै कारण कृष्ण सेनको त्यहिँ हत्या भयो । संगीता ती सबै घटनावलीकी साक्षी बनिन् । यसरी पुस्तकमा लेखिकाले कृष्ण सेनको हत्याको पृष्ठभूमि र परिवेशको जिवित साक्षीको रुपमा दुर्लभ प्रसङ्गहरुको उठान गरेकी छिन् । 

महान सहिद तथा पत्रकार सेनको हत्याबारे जान्न चाहने अध्येताहरुका निम्ति यो पुस्तक आफैँमा एउटा ऐतिहासिक सन्दर्भ सामाग्री बन्न सक्छ ।

पुस्तकमा केवल लेखेकै आधारमा तत्कालीन राज्यले पत्रकारहरुलाई दिएको सास्तीको नालिवेली छ । कृष्ण सेन र संगिताहरुले  भोगेको कष्ट त्यतिबेलाका सवै परिवर्तनकामी पत्रकारहरुले भोगेको साझा कथा हो । 

संगीताले पुस्तकमा त्यही साझा र प्रतिनिधि भोगाई उतारेकी छिन् । संकटकालका कहालीलाग्दा दिनहरुले पुस्तकमा स्थान पाएका छन् । यातना खेप्न नसकेर आफ्नै साथीहरुले दिएका धोका र गद्दारीका व्यथा पनि पुस्तकमा समेटिएका छन् । हिरासतभित्रका दारुण कथादेखि लिएर जेलजीवनका भोगाईहरुको सजिव बयानले पुस्तकलाई एकदमै सुरुचीपूर्ण बनाएको छ ।

संगीताले भूमिगत रेडियो सञ्चालनवारे यो पुस्तकमा विस्तृत चर्चा गरेकी छिन् । यो अर्को महत्त्वपूर्ण पक्ष हो । पुस्तकमा चर्चा गरिएअनुसार वि।सं।२०६० कात्तिक २१ गतेबाट ‘रेडियो जनगणतन्त्र ९५।१ मेघाहर्ज’ को औपचारिक शुरुआत भएको थियोे । 

देशैभरि एउटै नाममा सञ्चालित यी एफ।एम।हरु भूमिगत रुपमा सञ्चालित थिए । रेडियो प्रशारणको शुरुआतमा तत्कालीन माओवादी नेता प्रचण्डको कतै लिखित त कतै मौखिक शुभकामना सन्देश सुनाइएको थियोे । सेना प्रहरीको निशानामा पर्ने भएकाले रेडियो स्टेसन सरिरहन्थ्यो । डोकामा बोकेर रेडियो प्रशारणका सामानहरु यता उता सारिरहनुपर्ने हुन्थ्यो । 

डोकामा बोकेर जेनेरेटर, ट्रान्समिटर, तारलगायतका सामाग्री सार्नुपर्ने भएकाले कतिपयले यसलाई डोके रेडियो पनि भन्थे । जे होस् राजाको प्रत्यक्ष शासनकालमा त्यतिबेलाका सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई चुनौती दिँदै सञ्चालन गरिएको भूमिगत रेडियोका विषयमा यसमा रोचक चर्चा छ । नेपाली पत्रकारिताको इतिहासमा यो नितान्त नौलो र विशिष्ट प्रयोग पनि हो । यस बारेमा अझ धेरै बहस र अध्ययन हुनु आवश्यक छ ।

भूमिगत  रेडियो  पत्रकारिता बारेमा अध्ययन गर्न चाहनेहरुका लागि प्रस्तुत पुस्तक एउटा निकै गहकिलो सन्दर्भ सामाग्री बन्न सक्छ ।  चौथो तथा अन्तिम खण्डमा लेखिकाले गण्डक यात्राको सन्दर्भ  समेटेकी छिन् । यसमा मुख्यतः तत्कालीन माओवादी जनयुद्ध शान्ति प्रक्रियातर्फ अघि बढ्न थालेका प्रसङ्गहरु समेटिएका छन् । 

संगीताले वि।स। २०६३ असार २ गते माओवादी अध्यक्ष प्रचण्ड बालुवटारमा सार्वजनिक भएको प्रसङ्ग जोडेर पुस्तकको विट मारेकी छिन् । पुस्तकको अन्तिममा उनी विश्वास गर्छिन्, ‘राजनीति नेतृत्वबाट समृद्ध देश निर्माण हुनेछ ।’

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित २४८ पृष्ठको  पुस्तक पढ्न शुरु गरेपछि अन्त्य नगरेसम्म पाठकको कौतुहलता र अभिरुची मर्दैन । पुस्तक पढिसकेपछि यस्तो लाग्छ संगीता केवल एउटा क्रान्तिकारी पत्रकार मात्र हैनन् । उनी नेपालको परिवर्तनकारी आन्दोलनकी एक अग्रणी योद्धा पनि हुन् । 

उनी नेपालको गणतान्त्रिक आन्दोलनमा अदम्य साहस बोकेकी एक अविश्मरणीय नारी प्रतिनिधि हुन् । उनी तत्कालीन शासकहरुले पटकपटक मृत्युुको मुखमा पुर्याउँदा पनि संयोगले बाँचेकी एक जिउँदो सहिद हुन् ।

यो पुस्तक संगीता र उनीजस्तै कलम युद्ध लडेका योद्धाहरुको रगत, आँसु र वेदनाको ऐतिहासिक दस्तावेज हो । (रातोपाटीबाट)

प्रतिक्रिया दिनुहोस