भारी स्कुलब्याग बच्चाको स्वास्थ्यमा समस्या

शनिबार, २५ जेठ २०७६, ०७ : ५९
भारी स्कुलब्याग बच्चाको स्वास्थ्यमा समस्या

फाइल फोटो

काठमाडौँ । तपाईंका बच्चाको स्कुलब्याग कति भारी छ ? सामान्यतया हामी यस्तो कुरामा विशेष ध्यान दिँदैनौँ । तर, बच्चाले बोक्ने स्कुलब्यागको भार उसको तौलको १० प्रतिशतभन्दा बढी हुनु भविष्यमा स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको अर्थ यदि ५० केजीको बच्चा छ भने उसले बडी मास इन्डेक्सको आधारमा १० केजीभन्दा तौलको ब्याग बोक्न सक्दैन  । यो विषयलाई लिएर अहिले विश्वमा बहससमेत हुन थालेको छ । युरोपका देशहरूले नियमन गर्नसमेत थालेका छन् । अब जानौँ, गह्रौँ ब्यागले बच्चालाई कस्ता असर पार्छ स्

जोर्नीमा समस्या 
सामान्यतया बच्चाको हाडजोर्नी विकासका क्रममा हुने भएकाले नरम हुन्छन् । पूर्ण विकसित नभइसकेका हाडजोर्नीले किताब–कापीको गह्रौँ ब्याग बोक्दा भार थाम्न सक्दैन । फलस्वरूप जोर्नीमा समस्या आउन सक्छ । गह्रौँ भारीले मेरुदण्ड र हिपको हड्डीमा बढी असर पर्छ । जसले गर्दा मांसपेशी एक–अर्कामा टाँसिने सम्भावना हुन्छ र शरीरको आकारमा समेत कुरूपता आउँछ । 

मेरुदण्ड दुखाइ
गह्रौँ भारीको असरस्वरूप सुरुसुरुमा बच्चामा ब्याकपेनको लक्षण देखा पर्छ । बिस्तारै शारीरिक असन्तुलन समेत आउँछ । राम्ररी विकसित नभइसकेका मेरुदण्डका जोर्नीमा असर पर्दा  भविष्यमा विभिन्न समस्या हुने डर हुन्छ । यसले कम्मर, गर्धन र पाखुरामा  दुखाइ  हुने गर्छ । साथै, कुमको हड्डी पनि दुखिरहन्छ ।  

स्नायु प्रणालीमा असर 
लामो समयसम्म गह्रौ झोला बोक्दा स्नायु प्रणालीमा पनि असर  पर्छ । बच्चाले एक काँधमा मात्र ब्याग बोक्छन् भने त झन् खतरनाक हुन सक्छ ।  स्नायु प्रणालीमा असर देखिँदा दिमागमा पनि असर देखिने सम्भावना उच्च रहन्छ । नियमित भारी झोला बोक्दा बच्चामा पनि एक प्रकारको बोझ महसुस भइरहेको हुन्छ । फलस्वरुप बिस्तारै स्नायुमा असर पर्छ । 

पेट दुखाइ
यसबाहेक बच्चाले लामो समय सम्म भारी झोला बोक्दा थकान महसुस गर्छ । बिस्तारै पेटको मांसपेशीमा भार पर्ने भएकाले पेट दुख्ने जस्ता समस्या देखिन्छन् । 

जोर्नीमा समस्या 
सामान्यतया बच्चाको हाडजोर्नी विकासका क्रममा हुने भएकाले नरम हुन्छन् । पूर्ण विकसित नभइसकेका हाडजोर्नीले किताब–कापीको गह्रौँ ब्याग बोक्दा भार थाम्न सक्दैन । फलस्वरूप जोर्नीमा समस्या आउन सक्छ । गह्रौँ भारीले मेरुदण्ड र हिपको हड्डीमा बढी असर पर्छ । जसले गर्दा मांसपेशी एक–अर्कामा टाँसिने सम्भावना हुन्छ र शरीरको आकारमा समेत कुरूपता आउँछ । 

मेरुदण्ड दुखाइ
गह्रौँ भारीको असरस्वरूप सुरुसुरुमा बच्चामा ब्याकपेनको लक्षण देखा पर्छ । बिस्तारै शारीरिक असन्तुलन समेत आउँछ । राम्ररी विकसित नभइसकेका मेरुदण्डका जोर्नीमा असर पर्दा  भविष्यमा विभिन्न समस्या हुने डर हुन्छ । यसले कम्मर, गर्धन र पाखुरामा  दुखाइ  हुने गर्छ । साथै, कुमको हड्डी पनि दुखिरहन्छ ।  

स्नायु प्रणालीमा असर 
लामो समयसम्म गह्रौ झोला बोक्दा स्नायु प्रणालीमा पनि असर  पर्छ । बच्चाले एक काँधमा मात्र ब्याग बोक्छन् भने त झन् खतरनाक हुन सक्छ ।  स्नायु प्रणालीमा असर देखिँदा दिमागमा पनि असर देखिने सम्भावना उच्च रहन्छ । नियमित भारी झोला बोक्दा बच्चामा पनि एक प्रकारको बोझ महसुस भइरहेको हुन्छ । फलस्वरुप बिस्तारै स्नायुमा असर पर्छ । 

पेट दुखाइ
यसबाहेक बच्चाले लामो समय सम्म भारी झोला बोक्दा थकान महसुस गर्छ । बिस्तारै पेटको मांसपेशीमा भार पर्ने भएकाले पेट दुख्ने जस्ता समस्या देखिन्छन् । –नया पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस