रातो मच्छिद्रनाथको रथ जावलाखेलमा

रासस

विहीबार, २३ जेठ २०७६, २१ : ११
रातो मच्छिद्रनाथको रथ जावलाखेलमा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज किर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हँुदै मान भवन, कुमारीपाटी  गरी जावलाखेल पु¥याएका छ ।
 
प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेका छन् । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।
 
“रथ तान्ने अघिल्लो दिन ८४ वर्षीया ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भन्नुभयो, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पु¥यायौँ ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट  गरेका बताइएको छ ।

आजको चार दिनमा राष्ट्रका विशिष्ट व्यक्तिको साथमा राष्ट्रप्रमुखद्वारा भोटो देखाइने भएको छ । दर्शन गर्न आउने हजारौँ भत्तजनको भिडले साँझमा जावलाखेल भरिभराउ भएको छ ।  

प्रतिक्रिया दिनुहोस