लघुकथा : अविश्वास

विहीबार, २३ जेठ २०७६, १३ : १९
लघुकथा : अविश्वास

- लोकमणि पौडेल

“डाक्टर सा’ब नमस्कार ।” एक जना प्रौढ व्यक्ति डाक्टर लाई नमस्कार गर्दै डाक्टर को क्लिनिक मा छिरे र डाक्टर अगाडीको कुर्चीमा बसे ।
“भन्नुस् के समस्या छ रु” डाक्टर ले रेडिमेड प्रश्न पस्किए ।
“मलाई लामो समय देखि एसिडिटी को समस्या छ । बेला बेला मा इः ह्याँ, दुखिराख्छ । कतै अल्सर भएको हो कि या क्यान्सरै हुन लागेको हो कि रु राम्ररी जाँच्दिन पर्‍यो ।” नाइटो भन्दा थोरै बायाँ पट्टि को भाग देखाउँदै उनले भने ।
“पैला कतै देखाएर कुनै औषधि खानुभएको छ ?”
“अँहँ । एसका लागि अहिलेसम्म एलोप्याथिक औषधि खाएको छैन । बरु असन नजीकै को एकजना वैद्यकहाँ गएको थिएँ । उनले अविपत्तिकर चूर्ण मा शंखभस्म, प्रवाल पिस्टी आदि के के मिलाएको धूलो दिएका हुन् । वर्षदिन देखि एता तेही खाँदैछू । तेसले भएन भने अर्जुन क्वाथ खानुपर्छ भन्छन् । तर त्यो अल्लि झण्झटिलो लाग्यो ।” 
“यहींनेर तपाईंहरु ले गल्ती गर्नुहुन्छ । आयुर्वेदिक उपचार का पछाडी लाग्ने नै होइन । एक त झण्झटिलो, अर्को तेसको कुनै प्रामाणीकरण भएकै छैन । शुरु मै यहाँ आएको भए अहिलेसम्म निको भइसक्थ्यो । वर्षदिन लामो एसिडिटी का कारण आन्द्रा मा घाउ भइसकेको हुन सक्छ ।” एति भन्दै डाक्टर ले इण्डोस्कोपी गर्न पठाए । इण्डोस्कोपी को नतीजा आएपछि डाक्टर ले भने, “धन्न अहिलेसम्म घाउ भइसकेको चाहिँ रहेनछ । म तपाईंलाई एसिडिटी को नर्मल औषधि दिन्छू ।”
“नर्मल होइन । अल्लि कडै दिनुस् डाक्टर सा’ब । चाँडै नै च्वाट्टै निको होस् ।”
“हेर्नुस् । शुरु मै कडा खानु हुन्न । एसिलक, जिन्ट्याक आदि बाट शुरु गर्ने हो । केही समय खाँदा पनि निको भएन भने ओमिप्राजोल खानुपर्ने हुन्छ । सामान्य बाट कडा तिर सर्दै जाने हो ।”
“अनि ओमिप्राजोल ले पनि भएन भने ?”
“प्यान्टोप्राजोल चाहिन सक्छ ।”
“प्यान्टोप्राजोल ले पनि भएन भने ?”
“र्‍याबिप्राजोल चाहिन्छ । एलोप्याथीमा धेरै अप्सनहरु छन् । हामी हिट एण्ड ट्रायल गरेर हेर्दै जान्छौं ।” एति भन्दै डाक्टरले एउटा पानोमा औषधि लेखिदिए । उनी त्यो पानो लिएर निस्के ।
तेसको दुई दिन पछि तिनै डाक्टर सोध्दै र खोज्दै असन नजीकै को वैद्य को पसलमा पुगे । पसले ले ती डाक्टरको समस्या सोध्यो । डाक्टर ले आँफूलाई लामो समय देखि एसिडिटी को समस्या भएको र एलोप्याथी औषधि ले चट्टै निको नपारेकाले आयुर्वेदिक औषधि लिन आएको बताए । पसले ले वैद्यबा सँग सल्लाह लिन पसल को भित्र रहेको क्लिनिकमा पठायो । आँखा वैद्यबा का अनुहार मा पर्नासाथ डाक्टर पानी पानी भए । ती वैद्यबा अरु कोही नभएर आफ्नो क्लिनिकमा दुई दिन अगाडी एसिडिटी को समस्या लिएर जँचाउन आएका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस