‘इरान नेपालमा चिकित्सा शिक्षा, कृषि र खानी क्षेत्रमा  काम गर्न इच्छुक’

रासस

बुधबार, २२ जेठ २०७६, २१ : ३३
‘इरान नेपालमा चिकित्सा शिक्षा, कृषि र खानी क्षेत्रमा  काम गर्न इच्छुक’

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीलेबीच आज भएको  भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगको विकासका बारेमा छलफल भएको नेता दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले अहिले सरकारले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण बनाउन चाहेको बताउनुभयो ।

अध्यक्ष दाहालले इरान र नेपाल पुराना मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक रुपमा सुन्दर देश भएको र यहाँ पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा लगानीको  सम्भावना रहेको बताउनुभयो । सो अवसरमा इरानी राजदूत डा अलीले नेपालमा काम गर्न आफूहरुसँग राम्रो क्षमता भएको बताउँदै चिकित्सा शिक्षा, कृषि, खानीलगायत क्षेत्रमा इरान काम गर्न इच्छुक रहेको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस