अवैध गाँजा नष्ट

रासस

मंगलबार, २१ जेठ २०७६, २० : ३८
अवैध गाँजा नष्ट

फाईल फोटो

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ७०० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा नष्ट गरेको छ । ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–१ स्थित चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने खत्रीटोल क्षेत्रमा एक हजार ७०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजा सोमबार र आज नष्ट गरेको हो । 

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अवैधरुपमा खेती गरिएको गाँजा नष्ट गरिएको जानकारी दिनुभयो । “उपत्यकामा लागुऔषध पूर्णरुपमा नियन्त्रण लिन उक्त गाँजा नष्ट गरेका हौँ”, उहाँले भन्नुभयो । एकसय २५ को प्रहरी टोलीले बिहान ९ देखि साँझ ५ बजेसम्म उक्त गाँजा नष्ट गरेको थियो । 

प्रतिक्रिया दिनुहोस